प्रधानमन्त्री शाहले हात उठाएर सभामुखसँग समय मागेका थिए । रोस्ट्रममा पुगेपछि भनेका थिए, 'माननीय सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएकोले त्यसको निम्ती समय दिन अनुरोध गर्दखछु ।'
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा सांसदका प्रश्नको उत्तर दिन समय मागेका छन् । हात उठाएरसमय मागेपछि सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई रोस्ट्रम प्रयोग गर्न समय दिएका थिए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले सुरुमा नै प्रश्नको उत्तर दिनका लागि आफू तयार रहेको बताएका थिए । प्रधानमन्त्रीले हात उठाएर सभामुखसँग समय मागेका थिए ।
त्यसपछि सभामुख अर्यालले भनेका थिए, 'प्रधानमन्त्रीले हात उठाउनुभएकाले समय दिन्छु । प्रधानमन्त्रीलाई रोस्ट्रम प्रयोग गर्न अनुमति दिन्छु ।'
त्यसपछि प्रधानमन्त्री शाह संसद्को रोष्ट्रममा पुगेका थिए । उनले भनेका थिए, 'माननीय सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएकोले त्यसको निम्ती समय दिन अनुरोध गर्दखछु ।'
त्यसपछि सभामुखले सांसदहरूलाई दलगत रूपमा प्रश्न राख्नका लागि अनुमति दिएका थिए । त्यसअघि राजनीतिक दलका सांसदले नियमावली अनुसार नभएको हो कि भनी विरोध जनाएका थिए ।
विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गर्ने अभ्यास थियो । सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो ।
