उनेपा र हानेपाबीच एकता, कुलमान भन्छन् : देशको नेतृत्व गर्ने गरी वैकल्पिक शक्ति निर्माण गर्दैछौँ

उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पका रूपमा स्थापित हुनेछ : कुलमान घिसिङ

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Unity between UNEPA and HANEPA, Kulman says: We are building an alternative force to lead the country

काठमाडौँ — उज्यालो नेपाल पार्टी(उनेपा) र हाम्रो नेपाल पार्टी(हानेपा)बीच औपचारिक रूपमा एकता भएको छ । 

उनेपा अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमकबीच पार्टी एकताको सहमति भएको घोषणा गरेका हुन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हानेपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे । 

घिसिङले उनेपालाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यसअघि उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको छ । अध्यक्ष घिसिङका अनुसार अहिले अन्य धेरै राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरू उनेपामा समाहित हुने क्रममा छन् । 

‘उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पका रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ,’ अध्यक्ष घिसिङले भने । 

कान्तिपुर

Link copied successfully