सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष लिङदेन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Government should immediately implement the Human Rights Commission's report: Chairman Lingden

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । 

पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूलाई तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

'मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । यो अत्यन्तै महत्त्वको छ । यसले धेरै कुराहरूको उजागर गरेको छ । र यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्दछ । यसमा अभियुक्तमा रूपमा देखिएका अथवा मानव अधिकार आयोगले दोषी ठहर्‍याएका मानिसहरुले पनि प्रक्रिया पुर्‍याएर छिटोभन्दा छिटो सफाइ लिनुपर्दछ,' उनले भने । 

उनले यो प्रतिवेदन नेपालमा मात्र सीमित नहुने पनि बताए । 'यो प्रतिवेदन त यूएनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित, अन्य विभिन्न संयुक्त राष्ट्र संघ सम्बन्धित संघ, संस्थाहरुसँग रेकडेर्ड हुनेछ । र यसैलाई आधार मानेर विगतमा विभिन्न देशहरुले यो मानव अधिकार उलंघनमा दोषी ठहरिएकाहरूलाई विदेश भ्रमणमा जाँदाखेरी रोकेका घटनासमेत छन्,' अध्यक्ष लिङ्देनले भने । 

अध्यक्ष लिङ्देनले आफनो पार्टी मुलुकको एक मात्रै वैकल्पिक राजनीतिक शक्ति भएको जिकिर गर्दै निराश नभई सिंगो पार्टी पंक्तिलाई आह्वान पनि गरे । 

कान्तिपुर

Link copied successfully