प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध

प्रधानमन्त्री संसद्‍मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलहरूले लिएका छन् ।

जेष्ठ १२, २०८३

न्युज एजेन्सी नेपाल

Opposition parties disrupt House of Representatives, demanding answers from Prime Minister

काठमाडौँ — प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपासहितका राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको कार्यसूची अगाडि बढ्न नदिएका हुन् । बैठकको प्रारम्भमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित कारबाही सुरू हुने क्रममा प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेका थिए ।

सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ । प्रधानमन्त्री संसद्‍मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलहरूले लिएका छन् । प्रतिपक्षीको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ । 

न्युज

Link copied successfully