अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको हो ।
काठमाडौँ — एमालेले निर्वाचनमा ठूलो हार हुनुको समीक्षा गर्न र पार्टी पुनर्गठनको प्रतिवेदन बनाउन रामबहादुर थापाको संयोजकत्वमा कार्यदल बनाएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको हो ।
सचिवालय बैठकमा अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने नीति पुनर्गठन गर्नुपर्ने माग भएपछि कार्यदल गठन भएको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
कार्यदल सदस्यहरूमा उपाध्यक्षद्वय विष्णु पौडेल, छविलाल विश्वकर्मा साथै प्रदेशका अध्यक्षहरू रहेका छन् ।