बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए ।
काठमाडौँ — प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए ।
‘यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौँ मानिसहरुलाई बसाँई उठाईसक्यो,' उनले भने, ' सयौँ मानिसहरुले दाल, भात, तरकारी खान पाएनन् । यसबारेमा सरकार किन सिरियस हुँदैन ? म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरुमा सबै भन्दा पहिला जनताको जीवनमा ठूलो समस्या भएको बाँदर छ । यो बादरलाई नियन्त्रण गर्न सकिएनभने जनजीवनको परिवर्तनमा ठूलो समस्या हुन्छ । तसर्थ तत्काल रुपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु । अबसात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने ? चाहे कानुनी होस, चाहे कुन माध्यमबाट भए पनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरुले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद चल्न गाह्रो हुनेछ ।’
सांसद राईले बाँदरको आतंकबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताए।
