प्रधानमन्त्री शाह संसद् बैठकमा आउनुहुन्छ : रवि लामिछाने

‘उहाँ संसद्‍मा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ,’ लामिछानेले भने ।

जेष्ठ ७, २०८३

न्युज एजेन्सी नेपाल

Prime Minister Shah will attend the Parliament meeting: Rabi Lamichhane

काठमाडौँ — सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले संसद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित हुने बताएका छन् । 

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री बैठकमा सहभागी हुने बताएपनि कहिले सहभागी हुनेबारे भने केही खुलाएन ।  ‘उहाँ संसद्‍मा नआउने भन्ने कुरै छैन, आइहाल्नुहुन्छ,’ उनले भने । 

बिहीबार प्रतिनिधिसभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले वेल घेराउसहित नाराबाजी र विरोध गरिरहेकै अवस्थामा सभामुख डीपी अर्यालले सदनको कारबाही अगाडि बढाएका थिए  ।

प्रतिनिधिसभाको बिहीबार बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले सिटबाट उभिएर विरोध जनाइरहेको र अन्य विपक्षीहरू एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले वेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराएका हुन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वालेन्द्र शाहलाई सांसदका जवाफ दिन रुलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन् । 

न्युज

Link copied successfully