सभामुखलाई कांग्रेस सचेतकको प्रश्न- हिजो आफू निलो स्काफ लगाएर आउँदा मर्यादित, आज अमर्यादित ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाएको छ ।

जेष्ठ ७, २०८३

न्युज एजेन्सी नेपाल

Congress whip's question to the Speaker - Yesterday, when he came wearing a blue scarf, he was dignified, but today he is unruly?

What you should know

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाएको छ । 

बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सचेतक निष्कल राईले संसद्को अभिभावक भएकाले पनि सभामुख अर्याल संसद्को मर्यादा एक इन्च पनि तलमाथि गर्न  नपाईनेतर्फ समेत ध्यानाकर्षण गराए।

हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसद्को वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिँदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी अमर्यादित भयो भनेर राईले प्रश्न समेत गरे।

‘पछिल्लो केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको छ । नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतले म स्वयं र अन्य माननीयज्यूहरु उठेर सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौं,' उनले भने, 'यसमा हामीलाई सम्माननीय सभामुखज्युको साथ मिलेन । सरकारले टेरेन । केही दिनयता अर्को प्रतिपक्ष दलले यहाँ सरकार खोज्दै, सरकारको सदनप्रति उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाईरहेको छ । सभामुख महोदयले यसलाई अमर्यादित भन्नु भएको छ ।'

उनले थपे, 'सभामुख महोयद, यहाँ विर्सन नहुने एउटा प्रशंग उल्लेख गर्न चाहन्छु आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्नै निलो स्काफ घाँटीमा बाँधेर वेल घेरेको थियो । वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढने काम पनि हालको सत्तारुढ दलबाट भएको थियो । त्यसबेला सभामुखको आशन प्रतिपक्षको बेञ्चमा थियो । आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित ?' 

सचेतक राईले सरकारले संसदीय मर्यादा विपरित काम गरिरहेको आरोप लगाए।

न्युज

Link copied successfully