प्रतिनिधिसभा बैठकमा घाँटीमा प्लेकार्ड भिरेर श्रम संस्कृति पार्टीको विरोध

सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Protest against the Labor Culture Party by wearing placards around the neck during the House of Representatives meeting

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन् । 

बैठक सुरू हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरूले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए । 

Protest against the Labor Culture Party by wearing placards around the neck during the House of Representatives meeting

सभामुख अर्यालले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश दिए । श्रम संस्कृति पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो । 

आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस र आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेको छ

कान्तिपुर

Link copied successfully