सरकारलाई संसद्प्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँ : युवराज दुलाल

दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Let's make the government more accountable to Parliament: Yubaraj Dulal

काठमाडौँ — प्रतिपक्ष दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति जवाफदेही बन्न आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै दुलालले आग्रह गरेका हुन् । प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । उनले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद् भने त्यो आलोचनाबाट मुक्त हुनेगरी सञ्चालन गर्न आवश्यक रहेको बताए । 

‘आज पनि संसदमा जनप्रतिनिधिहरूले उठाएका जनताका भावनाहरुलाई सम्बोधन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन र जनतामा समस्यामा काम हुने गरी संसद्लाई स्थापितगराउन सरकारलाई यो संसद्प्रति जवाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसद्प्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ,’ उनले भने । 

प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए । 

कान्तिपुर

Link copied successfully