जतिसुकै बहुमत प्राप्त गरे पनि संवैधानिक परिधिभन्दा माथि त्यो हुँदैन । डेमोक्रेसीबाट हामीलाई परिणाम चाहिएको छ ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा थापाले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा कांग्रेस सधैं स्पष्ट रूपमा उभिने बताएका हुन् ।
सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुमवासी बस्तीमा डोजर चलाएको उनको आरोप छ ।
'कुनै पनि संस्थाभन्दा ठूलो नेता हुँदैन । कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन । जतिसुकै बहुमत प्राप्त गरे पनि संवैधानिक परिधिभन्दा माथि त्यो हुँदैन । डेमोक्रेसीबाट हामीलाई परिणाम चाहिएको छ । सुशासन ठीक ढंगले हुनुपर्नेछ । सँगै नागरिकका अधिकारको सुरक्षा पनि होला नि त । सुकुमवासी बस्तीमा डोजर चलाएको सन्दर्भमा मैले बुझेको यही हो,' उनले भने ।
लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाका लागि कांग्रेसले सडक र सदनबाट सधैँ सर्षघ गरिरहने बताए ।
