कांग्रेसको कोषाध्यक्षमा फेरि उमेश श्रेष्ठ

कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा ४ बमोजिम थापाले श्रेष्ठलाई कोषाध्यक्ष नियुक्त गरेका हुन् ।

जेष्ठ १, २०८३

कुलचन्द्र न्यौपाने

Umesh Shrestha re-elected as Congress treasurer

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिका सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । 

कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा ४ बमोजिम थापाले श्रेष्ठलाई कोषाध्यक्ष नियुक्त गरेका हुन् । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सभापति थापाले श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनयन गरेको उल्लेख छ ।

श्रेष्ठ यसअघि शेरबहादुर देउवा सभापति रहेका बेला पनि कोषाध्यक्ष बनेका थिए । देउवाले २०७२ सालमा उनलाई कोषाध्यक्ष नियुक्त गर्दै पार्टीको आर्थिक जिम्मेवारी दिएका थिए ।

लामो समय निजी क्षेत्र र शिक्षाक्षेत्रमा सक्रिय रहेका श्रेष्ठ कांग्रेसभित्र आर्थिक स्रोत व्यवस्थापनमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

पार्टीको १५औं महाधिवेशनपछि कांग्रेसभित्र नयाँ नेतृत्व र पुरानो अनुभवबीच सन्तुलन मिलाउने प्रयास भइरहेका बेला थापाले श्रेष्ठलाई पुनः कोषाध्यक्ष बनाएका हुन् ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully