राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

नीति तथा कार्यक्रम पारित प्रक्रियामा एमाले भने सहभागी भएन ।

वैशाख ३१, २०८३

न्युज एजेन्सी नेपाल

National Assembly passes policies and programs

काठमाडौँ — संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

National Assembly passes policies and programs

नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिए । नीति तथा कार्यक्रम पारित प्रक्रियामा एमाले भने सहभागी भएन । 

न्युज

Link copied successfully