राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

संविधान संशोधनको बहसपत्र तयार गर्ने काम सरकारले धमाधम गरिरहेको कुरालाई नीति तथा कार्यक्रममा रहेको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी दिएका हुन् ।

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Government announces to amend the constitution in collaboration with political parties

काठमाडौँ — सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ । 

संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् । सरकारले संविधान संशोधनको बहसपत्र तयार गर्ने काम धमाधम गरिरहेको कुरालाई सरकारको नीति तथा कार्यक्रममा रहेको जानकारी दिएका हुन् । प्रधामन्त्री बालेन्द्र शाहका सल्लाहकार असिम शाहको नेतृत्वमा बहसपत्र कार्यदल गठन गरेर काम भइरहेको अवस्थामा सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि यसलाई समेटेको हो । 

सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशेधन बहसपत्र तयार गरिने भनिएको छ । सरकारले आफ्नो सय बुँदामा पनि यो कुरा समेटेको थियो । कार्यदलले आफ्नो काम अगाडि बढाएको छ ।

यही बेला सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यो विषय समेटेको हो ।

कान्तिपुर

Link copied successfully