प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।

वैशाख २३, २०८३

जयसिंह महरा

Prime Minister calls Constitutional Council meeting

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

त्यसअघि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। जसअनुसार अध्यक्ष र पाँच जना उपस्थित भएको बैठकमा अध्यक्ष र कम्तीमा ३ जनाको मत परिषद्को निर्णय मानिनेछ । त्यस्तै अध्यक्ष र चार जना सदस्य मात्रै बैठकमा उपस्थित भएमा अध्यक्ष र कम्तीमा दुई जना सदस्य गरी कम्तीमा तीन जनाको निर्णय परिषद्को निर्णय मानिनेछ ।* परिषद्को बैठकमा तीन-तीन जनामा मत विभाजन भएमा प्रधानमन्त्रीले लिने पक्षको निर्णयलाइ बहुमत मानिने व्यवस्था गरिएको छ । 

प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय हुनेछ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हाल का.मु. प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन्।

त्यस्तै, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पनि पदाधिकारी रिक्त रहेकाले बैठकबाट नयाँ नियुक्ति गरिनेछ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र विपक्षी दलको नेता सदस्य रहन्छन्।

यसअघि समाचारमा संवैधानिक परिषद्का ६ सदस्य उपस्थित भएमा ३ जनाले निर्णय लिन सक्नेछन् मात्रै उल्लेख भएकोमा 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully