को-को सहभागी थिए कांग्रेस नेता शेखर कोइरालाले डाकेको भेलामा ? 

बिहीबार काठमाडौंको बालुवाटारस्थित ओपेरा होटलमा कोइरालाले आफ्नो समूहका नेताहरूलाई बोलाएर बागमती प्रदेशस्तरीय छलफल गरेका हुन् ।

वैशाख १७, २०८३

कुलचन्द्र न्यौपाने

Who participated in the gathering called by Congress leader Shekhar Koirala?

काठमाडौं — कांग्रेस नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग पार्टीको आन्तरिक समीकरण,  पार्टीको वर्तमान अवस्थालगायत विषयमा छलफल गरेका छन् । बिहीबार काठमाडौंको बालुवाटारस्थित ओपेरा होटलमा उनले आफ्नो समूहका नेताहरूलाई बोलाएर बागमती प्रदेशस्तरीय छलफल गरेका हुन् ।

छलफलमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेसका केन्द्रीय पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति तथा पूर्वसभापति, संघीय तथा प्रदेश सांसद, साथै प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता थियो । करिब १२३ जना सहभागी रहेको भेलामा पार्टीको वर्तमान अवस्था, आन्तरिक समीकरण र आगामी रणनीतिबारे बहस केन्द्रित रहेको उल्लेख छ ।

छलफलमा सहभागी नेताहरूले विशेषगरी १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता व्यवस्थापनको विषय उठाएका थिए । एकपटक नवीकरण भइसकेको सदस्यतालाई पुनः अध्यावधिक गर्ने प्रस्ताव व्यवहारिक नभएको भन्दै उनीहरूले त्यसको विरोध गरेका छन् । Who participated in the gathering called by Congress leader Shekhar Koirala?

त्यस्तै, विशेष महाधिवेशनकै कारण पार्टीभित्र अपेक्षित एकता कायम हुन नसकेको निष्कर्ष पनि छलफलमा निकालिएको छ । पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने जिम्मेवारी नेतृत्वमा रहेको र त्यसमा सभापतिले पहल गर्नुपर्ने धारणा सहभागीहरूको थियो ।

छलफलमा शशांक कोइराला, धनराज गुरुङ, एनपी साउद, जीवन परियारलगायतका नेताहरूले धारणा राखेका थिए ।

कार्यक्रमलाई देश र पार्टीको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै समूहभित्रै साझा धारणा र रणनीति तय गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ । सहभागीहरूले गुटगत विभाजन अन्त्य गर्दै संगठन सुदृढीकरणमा जोड दिन नेतृत्वलाई सुझाव दिएका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully