काठमाडौं उपत्यकामा भत्काइएको सुकुमवासी बस्तीका पीडितहरूसँग बिहीबार भेट गरी भट्टराईले विस्थापितहरूको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानुनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिएका हुन् ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सुकुमवासीका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।काठमाडौं उपत्यकामा भत्काइएको सुकुमवासी बस्तीका पीडितहरूसँग बिहीबार भेट गरी भट्टराईले विस्थापितहरूको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानुनी प्रक्रियामार्फत अघि बढ्न सुझाव दिएका हुन् । ‘हामी सबै नागरिक हौं र सबैको बराबर अधिकार छ । कसैलाई पनि अन्याय हुन दिनुहुँदैन,' भट्टराईले भने, ‘तपाईंहरूले आफ्नो विवरण र प्रमाण पेस गर्नुस्, कानुनी तरिकाले समस्याको समाधान खोज्न हामी साथ दिनेछौं ।’
सुकुमवासीहरुको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिन पुगेका भट्टराईलाई विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका थिए ।
