यसअघि सचेतक रहेका कृष्णबहादुर रोकायालाई हटाएर परियारलाई नयाँ जिम्मेवारी दिइएको हो ।
काठमाडौँ — कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभामा दलको सचेतक पनि परिवर्तन गरेका छन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनले राष्ट्रिय सभाका लागि सचेतक पदमा पदमबहादुर परियारलाई मनोनयन गरेका हुन्। यसअघि सचेतक रहेका कृष्णबहादुर रोकायालाई हटाएर परियारलाई नयाँ जिम्मेवारी दिइएको हो ।
यसअघि दलको तर्फबाट राष्ट्रिय सभामा नेता रहेका कृष्णप्रसाद सिटौलालाई हटाएर सो स्थानमा कमला पन्तलाई जिम्मेवारी दिइएको थियो।
