नेकपाद्वारा अध्यादेशको विरोध,  तुरुन्त संसद्‍ बैठक बोलाउन माग

केन्द्रीय संयोजन समितिको मंगलबार सकिएको बैठकले बजेट अधिवेशन बोलाउन आग्रह गरेको हो । नेकपाले समसामयिक प्रस्ताव पारित गर्दै सरकारको अध्यादेशको विरोध गरेको छ ।

वैशाख १५, २०८३

गंगा बीसी

NCP opposes ordinance, demands immediate parliament meeting

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले तुरुन्त संसद्‍को बैठक बोलाउन माग गरेको छ । 

केन्द्रीय संयोजन समितिको मंगलबार सकिएको बैठकले बजेट अधिवेशन बोलाउन आग्रह गरेको हो । नेकपाले समसामयिक प्रस्ताव पारित गर्दै सरकारको अध्यादेशको विरोध गरेको छ । 

'आफैंले आह्वान गरेको संसद् अधिवेशन आकस्मिक रुपमा स्थगित गरेर अध्यादेश अगाडि बढाउनु संसद्लाई छल्ने सरकारको गैरलोकतन्त्रिक कार्यको विरोध गर्दै यो बैठक तत्काल संसद्‍को बैठक आह्वान गर्न माग गर्दछ,’ नेकपा प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै संघीय निजामती, विद्यालय शिक्षालगायतका कानुन निर्माणमा सरोकारवाला पक्षका आवाज सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।'

गंगा

Link copied successfully