कांग्रेस संस्थापनइतरको भेला सुरू

पार्टीभित्र बृहत् एकताका लागि र एकता हुन नसकेको अवस्था कसरी अघि बढ्ने भन्ने बारेमा सुझाव दिन खड्काले भेला बोलाएका हुन् ।

वैशाख १५, २०८३

कान्तिपुर संवाददाता

Congress establishment party meeting begins

काठमाडौँ — कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन इतरपक्षको भेला सुरू भएको छ। 

धुम्वाराहीस्थित पार्टी प्यालेसमा सुरू भएको भेलामा पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी,  केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र तत्कालीन प्रतिनिधि सभाका सदस्यहरू समेतको उपस्थिति रहेको छ । 

पार्टीभित्र बृहत् एकताका लागि र एकता हुन नसकेको अवस्था कसरी अघि बढ्ने भन्ने बारेमा सुझाव दिन खड्काले भेला बोलाएका हुन् । भेलामा आसन्न पार्टीको १५औं महाधिवेशन र क्रियाशील सदस्यता नवीकरणका विषयमा छलफल गरिने एक  नेताले बताए।

कान्तिपुर

Link copied successfully