संविधान संशोधनका लागि नेकपाले बनायो कार्यदल

सरकारले संविधान संशोधनका लागि दलहरुसँग छलफल गरिरहेका बेला नेकपाले ११ सदस्यीय कार्यदल बनाएको हो ।

वैशाख १४, २०८३

गंगा बीसी

NCP forms task force to amend constitution

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरको छ । सरकारले संविधान संशोधनका लागि दलहरुसँग छलफल गरिरहेका बेला सोमबार नेकपाको केन्द्रीय संयोजन समिति बैठकले कार्यदल बनाएको हो ।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कन्दङ्वा, रेखा शर्मा, गणेश बिक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी छन् । 

कार्यदलले संविधान संशोधनका लागि प्रतिवेदन तयार गर्ने कार्यादेश छ । 

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा 'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १३ चैतमा सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४ अनुसार कार्यदल गठन गरिएको हो । रास्वपाले आफ्नो वाचापत्रमा सरकार सम्हालेको तीन महिनाभित्र राष्ट्रिय सहमति कायम गर्ने हेतुले संविधान संशोधनका प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने भनेको थियो । त्यस्तै रास्वपाबाट प्रारम्भिक छलफलका लागि पेस हुने विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र सुधारिएको प्रादेशिक स्वरूप भनिएको थियो । निर्वाचनको घोषणापत्रमा एमालेबाहेक कांग्रेस, नेकपा, श्रम संस्कृति र राप्रपाले संविधान संशोधनको विषय उल्लेख गरेका छन् । 

गंगा

Link copied successfully