हामीभित्र फोहोर जम्मा हुँदै थियो, जनताले नुवाइधुवाइ गरेर आऊ भने : दाहाल

दाहाल भन्छन् : 'सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाइधुवाइ गरेर आऊ भनेर सवक सिकाएको हो ।'

वैशाख ९, २०८३

इकान्तिपुर डेस्क

We were accumulating dirt, the people asked us to come and wash it: Dahal

काठमाडौँ — नेकपाका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा दाहालले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गरे ।

अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोनले धक्का खाएको देखिएको पनि दाहालको भनाइ छ ।

'सायद हामी सत्तामा बस्दा, कुर्सीमा बस्दाबस्दा धेरै फोहोरहरू हामीभित्र जम्मा हुँदै गएको थियो । अहिले जनताले हामीलाई घृणा गरेको होइन, जनताले हामीलाई नुहाइधुवाइ गरेर आऊ भनेर सवक सिकाएको हो,' दाहालले भने, 'त्यसकारण हामीले फोहोरमैला सफा गर्ने अवसर र त्यसलाई सुधार गर्ने अवसरका रूपमा पनि यसलाई लिनुपर्छ ।'

उनले कम्युनिस्टहरूमा गल्ती स्वीकार गर्ने र सुर्धान सक्ने क्षमता रहेको बताए ।

इकान्तिपुर

Link copied successfully