रवि लामिछानेको सांसद पद निलम्बनको मागसहितको रिट सर्वोच्चद्वारा दरपीठ

अधिवक्ता आयुश बडालले मंगलबार पेस गरेको निवदेन दरपीठ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

वैशाख ८, २०८३

दुर्गा दुलाल

Supreme Court dismisses writ petition seeking suspension of Ravi Lamichhane's MP post

काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनको माग राख्दै पेस भएको रिट निवेदन दरपीठ गरिदिएको छ । 

अधिवक्ता आयुश बडालले मंगलबार पेस गरेको निवदेन दरपीठ गरेकाे सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा विचाराधीन रहेका लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने र प्रतिनिधिसभाको बैठकमा भाग लिन नपाउने दाबी रिटमा थियो । 

निलम्बन हुनुपर्ने लामिछानेले संसद् बैठकमा भाग लिइरहेकाले अन्तरिम आदेश जारी गरी निलम्बनमा राख्नु भन्ने आदेशको माग रिटमा गरिएको छ । निवेदकले बुधबारको इजलासमा निवेदन दिने तयारी गरेका छन् ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully