अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन्।

वैशाख ७, २०८३

इकान्तिपुर डेस्क

US Assistant Secretary of State Kapoor in Nepal

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका  दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन्।

उनले भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

१३ चैतमा वालेन्द्र शाहले कार्यभार सम्हालेयता काठमाडौं भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुन्। 

कपुरले नेपाल भ्रमणका क्रममा सरकारका प्राथमिकताहरू सुन्नेछन् र त्यसमा वासिङ्टनले के कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश प्रवाह गर्नेछन् । 

सहायक विदेशमन्त्री कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि काठमाडौं आउन लागेका छन् । काठमाडौं बसाइका क्रममा कपुरले राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने–नगर्नेबारेमा केही बताइएको छैन । 

एक सरकारी अधिकारीका अनुसार भ्रमणका क्रममा सहायक विदेशमन्त्री कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतलाई भेट्ने कार्यक्रम छ ।

उनले पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री शाहसँग भेट–नहुनेबारे प्रष्ट छैन । 

इकान्तिपुर

Link copied successfully