खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने कांग्रेसको तयारी 

कांग्रेस बिवादसम्वन्धी मुद्दामा अदालतले पूर्वसभापति शेरबहादुर देउवा र खडकाले दायर गरेको रिट खारेज गर्नुको साथै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला भएसंगै स्पष्टीकरण फिर्ता लिन तयारी भएको हो ।

वैशाख ७, २०८३

कुलचन्द न्यौपाने

Nepali Congress prepares to withdraw clarification asked of Khadka

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको सात दिनको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ । 

कांग्रेस बिवादसम्वन्धी मुद्दामा अदालतले पूर्वसभापति शेरबहादुर देउवा र खडकाले दायर गरेको रिट खारेज गर्नुको साथै विशेष महाधिवेशनलाई मान्यता दिने फैसला भएसंगै स्पष्टीकरण फिर्ता लिन तयारी भएको हो । केन्द्रीय अनुसशान समितिको बैठक आजै अपरान्ह ३ बजे बोलाइएको छ । 

कांग्रेस महामन्त्री प्रदीप पौडेलले स्पष्टी फिर्ता हुने बताए । 'अब उक्त स्पष्टीकरको औचित्व समाप्त भएकोछ, त्यसलाई निस्क्रिय बनाइन्छ’ पौडेलले भने । अदालतको फैसला आउनुअगाडि खड्काले कार्यवाहक सभापतिको हैशियत प्रयोग गरेर पार्टीको 'लेडर हेड’ दुरुपयोग गरे समानान्तर गतिविधि चलाएको भन्दै बुधबार स्पष्टीकरण सोधिएको थियो । 

अदालतको फैसलापछि उनको कार्यवाहक सभापतिको हैशियत समाप्त भएको छ । आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पनि खड्काले पूर्वकार्यवाहक सभापति भनेर राखेका छन्। 

यसैबीच सभापति गगन थापाले पार्टी एकताका लागि आइतबार राती खडकासंग करिव एक घण्टा संवाद गरेका थिए ।खड्कापछि थापा नेता शेखर कोइरालालाई भेट्ने तयारीमा छन्। 

भेटपछि थापाले पार्टीमा देखिएका बेमल हटाएर एकताका लागि पहल गर्न सुरु भएको बताएका छन्। 'पार्टीको बृहत्तर एकताका लागि सिनियर नेताहरुसंग सवाद सुरु गरेको छु’ भेटपछि थापाको भनाइ थियो ।

कुलचन्द

Link copied successfully