कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकले आचार्यको उम्मेदवारी टुंग्याएको हो ।
काठमाडौँ — विपक्षी दलको बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका भरत खड्कालाई पठाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा बसेको कांग्रेस, एमाले र नेकपाको बैठकले खड्काको उम्मेदवारी टुंग्याउँदै मनोनयन दर्ता भएको छ।
उनी २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा डोटीबाट विजयी भएका थिए ।
सत्तारुढ दल रास्वपाले भने ११ संसदीय समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको थियो ।
संसदीय समितिका सभापति पदका लागि आजै दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय राखिएको छ ।
संघीय संसद्मा १६ संसदीय समिति छन् । प्रतिनिधिसभाअन्तर्गत १० र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति छन् । दुईवटा भने संयुक्त समिति रहेका छन् ।
