लेखा समितिको सभापति कांग्रेसले पाउने

रास्वपा संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिने भएको छ ।

वैशाख ३, २०८३

इकान्तिपुर डेस्क

Congress will get the chairmanship of the Accounts Committee

काठमाडौँ — रास्वपा संसदीय दलको बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको दलको बैठकले समितिका सभापतिहरूको नाम टुंगो लगाउनुका साथै लेखा समिति सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो । 

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ । लेखा समिति सभापतिमा कांग्रेसलाई एमाले र नेकपाले सघाउने भएको छ । बिहीबार नै तीन दलका संयुक्त बैठक बसेको थियो ।

लोकतान्त्रिक सन्तुलन र नियन्त्रणका लागि संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने संसदीय परम्परा रहेको छ । तर यसअघि कांग्रेस र एमालेले लेखा समितिको सभापति आफैं राखेको भन्दै आलोचना भएको थियो । 

इकान्तिपुर

Link copied successfully