दुवै सदनलाई शुक्रबार सम्बोधन गर्दै उनले बिगतका कटुतालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका हुन् ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले लोकतानित्रक गणतन्त्रको सुदृढीकणका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताएकमा छन् ।
दुवै सदनलाई शुक्रबार सम्बोधन गर्दै उनले बिगतका कटुतालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्द्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो छ,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यता र आदर्शलाई आत्मसाथ गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधिहरू, राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ्न आहृवान गर्दै सार्वभौम संसद्, नेपाली जनताको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको चाहनालाई मुखरित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु ।’
