प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई उपसभामुख बनाउने भन्नेबारे निर्णय गरिसकेको छैन । उपसभामुखमा नेकपाले उम्मेदवारी दिने घोषणा गरेको छ भने श्रम संस्कृति पार्टीले मनोनयनपत्र लिइसकेको छ ।
काठमाडौँ — उपसभामुख पदको निर्वाचनका लागि श्रम संस्कृति पार्टीले मात्रै मनोनयन दर्ता फाराम लिएको छ । बिहीबार ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।
संसद् सचिवालयका कर्मचारी उम्मेदवार पर्खिरहेका छन् । संसद् सचिवालयस्थित काठघर नम्बर २ मा मनोनयन दर्ताको कार्यालय राखिएको छ ।
सभामुखमा रास्वपाबाट डीपी अर्याल चैत २२ मा निर्वाचित भइसकेका छन् भने उपसभामुखकने निर्वाचन चैत २७ गते ४ बजेको बैठकमा हुनेछ ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्नेछ । सभामुख र उपसभामुखमध्ये १ जना महिला हुनुपर्नेछ । पुरुष सभामुख निर्वाचित भइसकेकोले उपसभामुख महिला हुनुपर्नेछ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई उपसभामुख बनाउने भन्नेबारे निर्णय गरिसकेको छैन । उपसभामुखमा नेकपाले उम्मेदवारी दिने घोषणा गरेको छ भने श्रम संस्कृति पार्टीले मनोनयनपत्र लिइसकेको छ ।
कांग्रेस र एमाले भने उम्मेदवारी दिने/नदिनेबारे छलफलमै रहेका छन् ।