उपसभामुखमा उम्मेदवारी दिएकी रुबीकुमारी भन्छिन् : जिम्मेवारी अलि ठूलो भयो तर सक्छु

रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरूले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ : रुबीकुमारी ठाकुर

चैत्र २६, २०८२

न्युज एजेन्सी नेपाल

Rubi Kumari, who has filed for the post of Deputy Speaker, says: The responsibility is a bit big, but I can handle it.

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको प्रतिक्रिया दिएकी छिन् । 

उम्मेदवारी दर्तापछि बिहीबार पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा २५ वर्षीया रुबीले आफूलाई ठूलो जिम्मेवारी दिए पनि पूरा गर्नसक्ने बताइन् । सत्तारुढ दल रास्वपाले आफूलाई समर्थन गरेर सरप्राइज दिएको दिएको उनको भनाइ छ । 

उनले रास्वपाको समर्थनमा बिहीबार संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यस्तो छ रुबीको प्रतिक्रिया

रास्वपाले समर्थन गर्ने कुरा थिएन, उहाँहरूले पनि समर्थन गरेर सरप्राइज दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु । म मधेशको छोरी हो, मधेशको छोरीलाई अगाडि बढाउन उहाँहरूले सहयोग गर्नुभएको होला । म अध्यक्षज्यूलाई पनि धन्यवाद भन्न चाहन्छु, म भुँईको मान्छेलाई यति माथिसम्म पुर्‍याउनु भयो ।

मैले कल्पना पनि गरेको थिइनँ, यहाँसम्मका लागि । मलाई खुसी लागिरहेको छ, मलाई अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु । म देशलाई चाहिने सबैथोक गर्छ, सधैं साथ दिन्छु । 

न्युज

Link copied successfully