राप्रपाले उपसभामुख पदमा सरश्वती लामालाई उम्मेदवार बनाउने भएको छ ।
काठमाडौँ — राप्रपाले उपसभामुख पदमा सरश्वती लामालाई उम्मेदवार बनाउने भएको छ । राप्रपा संसदीय दलको बिहीबारको बैठकले सांसद लामालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीका अनुसार दलको बैठकले सर्वसम्मत रुपमा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 'राप्रपा संसदीय दलको बैठक सम्पन्न भएको छ,' उनले भने, 'उपसभामुख पदमा हाम्रो उम्मेदवार उठाउने निर्णय गरेका छौं। सांसद सरश्वती लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।'
नेता शाहीका अनुसार राप्रपा उम्मेदवारलाई रास्वपाले सहयोग गर्ने भएको छ । 'हाम्रो उम्मेदवारलाई रास्वपाले सहयोग गर्ने भएको छ,' शाहीले भने ।
तर, रास्वपाले भने कसलाई समर्थन गर्ने सार्वजनिक गरेको छैन । केही दिनअघि रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलको नेता शाहीबीच भेट भएको थियो ।
प्रतिनिधिसभा उपसभामुखमा रास्वपाले जसलाई समर्थन गर्छ उसैको जित हुनेछ ।
