श्रममन्त्री साहलाई हटाउँदै प्रधानमन्त्री शाह

मन्त्री बनेको १४ दिनमै पदबाट हट्ने भए श्रममन्त्री दीपककुमार साह

चैत्र २६, २०८२

जयसिंह महरा

Prime Minister Shah dismisses Labor Minister Shah

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह १४ दिनमै पदबाट हट्ने भएका छन् । विभिन्न विवादमा मुछिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्री साहलाई हटाउने भएका हुन् । 

यसबीचमा मन्त्री साहकै जोडबलमा श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका खबर प्रकाशित भएका थिए । यद्यपि मन्त्री पदबाट साहलाई हटाइनुको कारणसहित औपचारिक जानकारी नै दिइने पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ श्रममन्त्री पनि आजै नियुक्त हुन सक्ने सचिवालयले जनाएको छ । 

'श्रममन्त्रीको विषयमा विभिन्न कुरा उठिरहेको भएकाले आजै हटाउने निर्णय हुँदैछ,' प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।  साह महोत्तरी-२ बाट रास्वपाबाट विजयी सांसद हुन् । उनले पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई हराएका थिए । 

प्रधानमन्त्री शाहले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि आफूसँगै राखेका छन् । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully