प्रतिनिधिसभा उपसभामुखको निर्वाचन शुक्रबार हुने

प्रतिनिधिसभाको उपसभामुख रास्वपाबाहेक पार्टी र महिला हुनुपर्नेछ ।

चैत्र २५, २०८२

जयसिंह महरा

The election for the Deputy Speaker of the House of Representatives will be held on Friday.

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । 

सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बुधबारको बैठकमा उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले मिति तोक्दै भने, 'प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनको लागि मिति २०८२ साल चैत २७ गते शुक्रबारको दिन तोकेको छु ।'

उपसभामुखको निर्वाचनसम्बन्धी सूचना जारी गर्नका लागि सभामुख अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका थिए ।

प्रतिनिधिसभाको सभामुखमा रास्वपाका डीपी अर्याल निर्वाचित भएका थिए । संविधानको व्यवस्थाअनुसार उपसभामुख रास्वपाबाहेकको दल र महिला हुनुपर्नेछ । उपसभामुख कुन पार्टीबाट बनाउने भन्नेबारे प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट भएको रास्वपाले निर्णय लिइनसकेको नेताहरूले बताएका छन् ।  

उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले राजनीतिक दलहरूले यो पद आफ्नो पक्षमा पार्नका लागि रास्वपासँग छलफल गरिरहेका छन् । 

उपसभामुखका लागि उम्मेदवारी दर्ताको मिति चैत २६ गते ११ देखि २ बजेसम्मक निर्धारण गरिएको छ । उम्मेदवारको सूची दिउँसो २ बजेर ३० मिनेटमा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । 

सभामुखको निर्वाचन भने शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभामा हुनेछ । 

यस्तो छ उपसभामुख निर्वाचनको कार्यतालिका-The election for the Deputy Speaker of the House of Representatives will be held on Friday.

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully