राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष भण्डारीले लिइन् शपथ

लीलाकुमारी भण्डारी सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्

चैत्र २४, २०८२

न्युज एजेन्सी नेपाल

Newly elected Vice President of the National Assembly Bhandari takes oath

काठमाडौँ — राष्ट्रिय सभाकी  नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । 

मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल तथा नेपालस्थित नियोगका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यसअघि राष्ट्रिय सभाको सोमबार बसेको बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारीलाई निर्विरोध निर्वाचित गरेको थियो । 

न्युज

Link copied successfully