राजनीतिक कोटाबाट नियुक्त भएका ६ देशका राजदूतलाई फिर्ता बोलाइयो

केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

चैत्र २४, २०८२

राजेश मिश्र

Ambassadors from 6 countries appointed through political quotas recalled

काठमाडौँ — सरकाले राजनीतिक कोटाबाट नियुक्ति पाएका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । केपी ओली सरकारले नियुक्ति गरेका भारत, अस्ट्रेलिया, श्रीलंका, साउथ कोरिया, डेनमार्क, र साउथ अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

ओली सरकारले ३४ वटा मिसनहरु मध्ये १७ मा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले गत कात्तिकमा राजनीतिक कोटाबाट नियुक्ति पाएका ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउँदा ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले राजदूत फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन् । उनले फिर्ता बोलाइएका राजदूतहरुलाई एक महिनाभित्र फर्किने सोमबार पत्राचार भइसकेको बताए । 

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा(भारत), चित्रलेखा यादव(अस्ट्रेलिया), पुर्णबहादुर नेपाली(श्रीलंका), शिवमाया तुम्बाहाम्फे(दक्षिण कोरिया), सुम्निमा तुलाधार(डेनमार्क) र कपिल श्रेष्ठ (साउथ अफ्रिका)लाई फिर्ता बोलाएको हो । 

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully