विधिको शासनमा बाधा आए प्रतिवाद गर्छौं : एमाले

कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौँ । अझ त्यसलाई प्रबलीकरण गर्ने काममा हामी लाग्छौँ : एमाले सांसद गुरू बराल

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

We will protest if the rule of law is disrupted: UML

काठमाडौँ — एमालेले सरकारले विधिको शासनमा बाधा पुर्‍याए प्रतिवाद गर्ने बताएको छ । 

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेले विधिको शासनलाई प्राथमिकता दिनुपर्ने बताएको हो । एमाले सांसद गुरू बरालले विधिको शासनभित्र सबै गतिविधि कानुनसम्मत हुनुपर्नेमा आफूहरूले जोड दिएको बताएका हुन् ।  

'हामी विधिको शासन माग्छौँ, विधिको शासनभित्र कुनै पनि गतिविधिहरू कानुनसम्मत हुनुपर्छ । कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौँ । अझ त्यसलाई प्रबलीकरण गर्ने काममा हामी लाग्छौँ, तर जहाँ कानुनको उल्लंघन छ, जहाँ विधिको शासनमाथि प्रश्न उठ्छ, त्यो गम्भीर विषय छ, हामी त्यस विषयमा आवाज बुलन्द गर्नेछौँ,' सांसद बरालले भने । संविधानले प्रदत्त गरेका नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार, समानताको हकसँग सम्बन्धित अधिकार सही रूपले प्रयोग हुनुपर्ने पनि उनको भनाइ छ । उनले अगाडि भने, 'त्यस विषयमा सरकारले कुनै किसिमका बाधा नल्याओस्, त्यसमा बाधा ल्याए हामी प्रतिवाद गर्नेछौँ ।'

सोमवार बसेको सर्वदलीय बैठकमा प्रतिनिधि सभा नियमावली संसोधन गर्नको लागि १५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदलमा प्रतिनिधि सभामा उपस्थित दलहरूको सहभागिता रहनेछ । यस्तै बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको छ । 

कान्तिपुर

Link copied successfully