लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

एमाले सांसद भण्डारी, कांग्रेस, नेकपालगायतका दलको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Lila Kumari Bhandari elected unopposed as Vice President of the National Assembly

काठमाडौँ — एमाले सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् । 

त्यस अवसरमा अध्यक्ष नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरे । एमाले सांसद भण्डारी, कांग्रेस, नेकपालगायतका दलको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् । उनले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी छिन् ।  

कान्तिपुर

Link copied successfully