कांग्रेस संसदीय दलको नेता सहमतिमै चयन हुन्छ : नेता केसी

दलको नेतामा दाबी हुनु स्वाभाविक कुरा हो । सबैको दाबीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतिमा गर्छौं : नेता केसी

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

The leader of the Congress parliamentary party is chosen by consensus: Leader KC

काठमाडौँ — कांग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी संसदीय दलको नेता सहमतिमै चयन हुने दाबी गरेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाइ हुन गएको बताए ।

सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि कांग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाइ गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

‘भोलि नै हाम्रो संसदीय दलको मिटिङ बस्दैछौँ । २-३ दिनभित्रै हामी यसलाई टुंग्याउँछौँ । यो अत्यन्तै ठूलो जटिल विषय होइन । दलको नेतामा दाबी हुनु स्वाभाविक कुरा हो । सबैको दाबीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतिमा गर्छौं,’ उनले भने । 

नेता केसीले सभामुख गरिमामय पदभएकाले संसद्को विशेषाधिकारको संरक्षण हुनेगरी भूमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिए । 

कान्तिपुर

Link copied successfully