प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन

बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Formation of the House of Representatives Business Advisory Committee

काठमाडौँ — प्रतिनिधसभाको आज बसेको बैठकले कार्यव्यवस्था परामर्श सिमिति गठन गरेको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सदस्यहरू मनोनयन गरेका हुन् । समितिमा २१ सदस्य छन् ।  

समितिमा अच्युतम लामिछाने, अफ्‌साना बानु, आरेन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा  धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिनकुमार आचार्य रहेका छन् ।

कान्तिपुर

Link copied successfully