राष्ट्रिय सभा उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने एमालेको निर्णय

उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ भने भोलि निर्वाचन तोकिएको छ ।

चैत्र २२, २०८२

जयसिंह महरा

UML decides to advance Leela Bhandari for the post of National Assembly Vice President

काठमाडौँ — राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई अगाडि बढाउने एमालेले निर्णय गरेको छ ।

उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ भोलि निर्वाचन तोकिएको छ । विमला घिमिरेको कार्यकाल सकिएपछि यो पद रिक्त छ । राष्ट्रिय सभा नियामावली २०७५ को नियम ८ को उपनियम १ बमोजिम उपाध्यक्ष पदको निर्वाचन हुन लागेको हो । 

गत माघ ११ मा भएको निर्वाचनमा भण्डारी राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६४ मा कैलालीबाट संविधानसभा निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित थिइन् ।

२०७० मा साेही निर्वाचन क्षेत्रमा उम्मेदवार रहेकी उनी शेरबहादुर देउवासँग पराजित भएकी थिइन् । उनी त्यतिबेला माओवादीमा थिइन् । २०७४ मा भण्डारी एमालेमा प्रवेश गरेकी हुन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully