राष्ट्रिय सभा उपाध्यक्ष र चार समिति सभापति बाँडफाँटमा जुट्यो सहमति

उपाध्यक्ष एमालेले लिँदा कांग्रेसले दुई समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक/एक समितिको सभापति पाउनेछन्।

चैत्र २२, २०८२

जयसिंह महरा

Agreement reached on sharing of National Assembly Vice Chair and four committee chairmen

काठमाडौँ — राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेलाई दिने सहमति भएको छ।

उपाध्यक्ष र चार समितिका सभापतिहरूको बाँडफाँटबारे नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच आइतबार सहमति भएको हो।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका अनुसार उक्त सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पाउनेछ।

त्यस्तै, कांग्रेसले दुई संसदीय समितिका सभापति लिनेछ भने नेकपा र जसपा नेपालले एक/एक समितिको सभापति पाउनेछन्।

राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार गरी चार समिति रहेका छन्।

त्यस्तै, दुईवटा संयुक्त समिति पनि रहनेछन्, जसमा प्रतिनिधि सभाका सदस्यहरू पनि रहन्छन्।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully