सभामुखका लागि एमालेले उम्मेदवारी दिने, गुरु बराल उम्मेदवार

नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ। पार्टीका पूर्वउपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने एमालेको तयारी छ।

चैत्र २०, २०८२

जयसिंह महरा

UML to field candidate for Speaker, Guru Baral as candidate

काठमाडौँ — नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ। पार्टीका पूर्वउपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने एमालेको तयारी छ। 

नेकपा एमालेका एक सांसदका अनुसार संघीय संसद् सचिवालयलाई फोनमार्फत उम्मेदवारी दिने जानकारी गराइसकिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दिएको खण्डमा भने आफूले नदिने एमालेको भनाइ छ। 

‘कांग्रेसले उम्मेदार उठायो भने हामी कांग्रेसलाई साथ दिन्छौं,’ ती सांसदले कान्तिपुरसँग भने, ‘उठाएन भने हामी आफ्नै उम्मेदारी दर्ता गछौं। गुरु बरालाई उम्मेदवार बनाउँछौं।’

संसद् सचिवालय स्रोतले पनि एमालेले उम्मेदवारी दिनेबारे सोधपुछ गरेको जानकारी दियो। 

UML to field candidate for Speaker, Guru Baral as candidateसभामुखका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनले उम्मेदवारी दर्ता समेत गराइसकेका छन्। 

सभामुखका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। 

सभामुख चयनका लागि चुनाव भने आइतबार हुँदै छ। 

दुई तिहाईनजिकको मत प्राप्त गरेको रास्वपाका अर्याल सभाुमख निर्वाचित हुने निश्चित  छ। 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully