प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अलग छलफल गरेको छ।
काठमाडौँ — संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अलग छलफल गरेको छ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा सांसदहरूलाई उपसभापति पुष्पा भुसाल र महामन्त्री पौडेलले संसदीय अभ्यास र परम्पराका बारेमा जानकारी गराएका थिए।
नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी रहेको उक्त छलफलमा जनसरोकारका मुद्दाहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउने विषयमा समेत छलफल भएको थियो।
संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ बजे बस्दै छ।
