नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम प्रस्ताव भएको छ ।
काठमाडौँ — नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम प्रस्ताव भएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी दलको बैठकमा थापालाई दलको नेता बनाउने प्रस्ताव पेस भएको हो। सांसद सुवाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका छन्।
नेम्वाङले पनि निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग गर्दै त्यसका लागि पनि उपयुक्त भएको बताएको एक सांसदले जानकारी दिए ।
नेम्वाङले युवा सांसदलाई दलको नेता बनाउनु उपयुक्त हुने धारणा राखेका थिए।
