बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले चैत २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो
काठमाडौँ — प्रतिनिधिसभाका सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले चैत २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको रास्वपा सांसद समीक्षा बास्कोटाले जानकारी दिइन् ।
बुधबारको सर्वदलीय बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । सर्वदलीय बैठकमा रास्वपाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जनाको उपस्थिति थियो ।
रास्वपाबाट डीपी अर्याल, कबिन्द्र बुर्लाकोटी, विपिन आचार्य, समीक्षा बास्कोटा र प्रकाशचन्द्र परियार बैठकमा उपस्थित थिए । त्यस्तै कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी उपस्थित थिए ।
नेकपाबाट वर्षमान पुन, राप्रपाबाट खुस्बु ओली र श्रम संस्कृति पार्टी आरेन राई सहभागी थिए ।
