मंसिर ६ गतेदेखि स्थगन गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम चैत २२ गतेदेखि पुनः सुचारू गर्ने आयोगले बुधबार निर्णय गरेको हो ।
काठमाडौँ — निर्वाचन आयोगले यही चैत २२ देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को कारण मंसिर ६ गतेदेखि स्थगन गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम चैत २२ गतेदेखि पुनः सुचारू गर्ने आयोगले बुधबार निर्णय गरेको हो ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेश÷जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
