कांग्रेसको एकताले मात्रै देश सुरक्षित र सही दिशामा अघि बढ्छ: सहमहामन्त्री राणा

कांग्रेस सहमहामन्त्री राणाको अपिल- 'म सम्पूर्ण साथीहरूलाई विनम्र आग्रह गर्दछु, खुला संवाद गरौँ, आपसी विश्वासलाई अझ सुदृढ बनाऔँ र पुनः एकताबद्ध भएर अघि बढौँ ।'

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Only with the unity of the Nepali Congress will the country move forward safely and in the right direction: Joint General Secretary Rana

काठमाडौँ — नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढेमात्रै देशको भविष्य सुरक्षित र सही दिशामा अघि बढ्ने बताएका छन् । कांग्रेसमा एकतालाई लागि सहमहामन्त्री राणाले सार्वजनिक रूपमा अपिल गरेका छन् ।

कांग्रेसले आफ्नो इतिहासमा गौरव गर्दै र पछ्याउँदै हिँड्नुपर्ने सहमहामन्त्री राणाको भनाइ छ ।

'देशले चुनौतीपूर्ण मोडहरू पार गर्दै आएको प्रत्येक समयमा नेपाली कांग्रेस एकता, संयम र प्रतिबद्धताका साथ अघि बढ्दै आएको गौरवपूर्ण इतिहास हामीसँग छ,' उनले भनेका छन्, 'लोकतान्त्रिक अभ्यासमा विचार र दृष्टिकोणमा फरकपन स्वाभाविक हो, तर त्यसलाई विभाजनको आधार बनाउनु हाम्रो संस्कार होइन । एक जिम्मेवार कार्यकर्ताको हैसियतले म सम्पूर्ण साथीहरूलाई विनम्र आग्रह गर्दछु, खुला संवाद गरौँ, आपसी विश्वासलाई अझ सुदृढ बनाऔँ र पुनः एकताबद्ध भएर अघि बढौँ । हाम्रो एकताले मात्र जनताको भरोसालाई सुदृढ बनाउँदै देश र हाम्रो भविष्यलाई सुरक्षित र सही दिशातर्फ अघि बढाउछ ।'

कांग्रेसमा पूर्णबहादुर खड्काको नेतृत्वमा पूर्वसभापति शेरबहादुर देउवा पक्ष समानान्तर गतिविधिमा लागेपछि सहमहामन्त्री राणाको यस्तो प्रतिक्रिया आएको हो । 

कान्तिपुर

Link copied successfully