प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा संविधान संशोधनसम्बन्धी कार्यदल गठन

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको हो ।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

A task force on constitutional amendment has been formed under the leadership of the Prime Minister's political advisor.

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदल गठन गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि आवश्यक बहसपत्र तयार गर्न कार्यदल गठन गरेको हो । शाह रास्वपाका पूर्वसांसद हुन् । 

सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहको नेतृत्वमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन भएको जानकारी दिए ।

कार्यदलले नेपालको संविधानमा के-के संशोधन आवश्यक रहेको छ भन्ने पत्ता लगाएर प्रतिवेदन तयार पार्नेछ । 

कान्तिपुर

Link copied successfully