दाहाल नेकपा संसदीय दलको नेता चयन 

नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Dahal elected leader of NCP parliamentary party

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् । आज बसेको नेकपा संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।

‘संसदीय दलको बैठकले संयोजकलाई नेताको रुपमा चयन गरेको छ,’ दाहालका स्वकीय सचिव गोविन्द आचार्यले भने । 

बैठकमा दाहालले नेकपाले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताए । नेकपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ । 

कान्तिपुर

Link copied successfully