काठमाडौं, एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न सचिवालय बैठक डाकेको छ।
काठमाडौँ — काठमाडौं, एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न सचिवालय बैठक डाकेको छ।
एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकले ओली पक्राउविरुद्ध विरोधका कार्यक्रम बनाउने जानकारी दिएका छन्।
एमाले महासचिव शंकर पोखरेलले सचिवालय बैठक बोलाएका हुन्। बस्नेतले पक्राउलाई राजनीतिक पूर्वाग्रह भन्दै यसविरुद्ध प्रदर्शनमा सहभागी हुन आह्वानसमेत गरेका छन्।
‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं। सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ। यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ।’
